Aamsanchar
Adv top
Adv below_nav

चतरा–भोजपुर जेट बोट, ढाक्रे, खच्चरको औचित्य समाप्त ( फोटो, भिडियो फिचर सहित )


चारपाने । सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म आधा दर्जन जेट बोट सञ्चालन भईरहेका छ ।
सडक संजालको पहुचबाट बाहिर रहेको भोजपुर, घनकुटा र उदयपुरका नदी आसपासका नागरिकलाई दैनिक आवतजावत गर्न र रमाईलो गर्न पुग्ने पर्यटकको लागि सप्तकोशीमा संचलनमा आएका जेट बोड एक महत्वपूर्ण भरपर्दो साधन बनेको छ ।

चतराबाट १९ किलोमिटरको दुरीमा रहेको सिम्ले सम्म पुग्न लगभग १८ मिनेट लाग्छ । कतै नरोकी खाली बोट सिधै लाने हो भने ७ देखि १० मिनेटमा पुग्न सकिने बोट चालक प्रविन राईले बताए ।
बोट संचालनमा आएपछि मानिस आवतजावत गर्न र सामान ढुवानी गर्न धेरै जलिलो भएको स्थानियहरु बताउछन् ।
तिन वटा भन्दा धेरै कम्पनीहरुले गरि आधा दर्जन बोट संचलन गरिरहेका छन् । कम्पनीहरुले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बोट चालक राई बताउ छन् । उनि थप्छन ‘दुईजना सिपालु पौडीबाज (पोडेरै सप्तकोसी पार गर्न सक्ने) हरेक यात्रामा तैनाथ रहने गरेका छ ।’ यात्राको क्रममा तिन स्थान बढी जाखिम रहेको पाईएको छ ।

बराहक्षेत्रको दुईवटा ठुला भङगालो र त्रिवेणीमा रहेको ज्यानमारे ढुङा यात्राका लागि बढी जोखिम स्थल हुन् । सहासी मन भएकाहरुको लागि भने ति स्थान बढी रमाइलो मज्जा लिने ठाउँमा पर्छ ।
देशमै चर्चित ठुला नदीहरु तमर, दुधकोशी र अरुण तिवटा नदीका दोभानहरु पारगर्दै भोजपुर टेक्न भने अरुण नदीमा धेरै यात्रा गरेर जानु पर्ने हुन्छ ।
यात्राको क्रममा बोटको ६ स्थानबाट यात्रु चढाउने र उराल्ने काम भई रहेको छ । चतराबाट उभो तर्फ लागेको बोटको पहिलो स्टेसन सुनसरीको बराह क्षेत्र रहेको छ । त्यसैगरी धनकुटाको साँङगामा, त्रिवेणी र सिम्ले, उदयपुरको हिन्दुला र भोजपुरको कोप्चे अन्तिम स्टेसन हो ।
सरकारले तमोर र अरुणमा रहेका ढुङ्गा तथा ढिक्कोहरु सम्याएमा ताप्लेजुङको दोभार र संखुवासभाको तुम्लिङटार क्षेत्रमा सहजै जलयात्रा हुनसक्ने बोटका चालकहरु बताउछन् ।

चतरा देखि भोजपुर कोप्चे सम्मको एकतर्फी भाडा ५ सय रुपैया रहेको छ ।

भोजपुर लगायतका विकट पहाडी क्षेत्रबाट सयौंको संख्यामा ढाकर बोकेर चतरा आवतजावत गर्ने ढाक्रेहरु आजभोली देखिन छाडेका छन् । ढाक्रेप्रथाको अन्त्य भएको छ । धेरैका लागि बोड एक अवसर र सुविधा भए पनि भारी बोकेरै जिविको पार्जन गर्नेहरुको लागि बोड संचालन अभिशाव बनेको छ ।
भिरया (ढाक्रे) हरुको मात्र हैन खच्चर र जिप गाडी लगायतको औचित्य समाप्त भएको छ । भरियार र खचर हिडने पुरनो बाटोमा कयौ ठाउँमा पहिरो गएर अवरुद्ध भएको छ । बर्षायाम सकिएको तिन महिना बिती सक्दा पनि पहिरो नपन्छाउनुले पनि यो कुराको पुष्टि हुन्छ ।

फोटोहरु हेर्नुहोस् ।

भिडियो पनि हेर्नुहोस् ।

तपाईलाई यो सामाग्री कस्तो लाग्यो, तल प्रतिकृया व्यक्त गर्नुहोस्, राम्रो लागेमा सेयर गरेर आन्तरिक पर्यटनको प्रचारमा सहयोग पुर्याउनु होस ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।