Aamsanchar

नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना

Author Image
बुधवार, मंसिर १०, २०७७

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।  कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।


बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएको क्रिकेट संघ स्रोतले जनाएको छ ।

स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरु होम क्वारेन्टिनमा र बाहिरका खेलाडीहरुलाई होटलमा आइसोलेसनमा बस्नेछन् ।

संक्रमण देखिएका खेलाडीहरूको स्थानमा नयाँ खेलाडीलाइ बन्द प्रशिक्षणमा बोलाउने सम्भावना छ । कप्तान र प्रशिक्षकसँग सल्लाह गरेर बन्द प्रशिक्षणमा नयाँ खेलाडी थप्ने सकिने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर