Aamsanchar

विप्लव समूह द्वारा मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या

Author Image
मङ्गलवार, मंसिर २३, २०७७

सांकेतिक तस्वीर

 मोरङ  । नेत्रविक्रम चन्द विप्लव समूह द्वारा मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए। ‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए,’ खड्काले भने, ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ।’

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए। शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)