Aamsanchar

रिक्त मन्त्री पदमा ९ जना नियुक्त, पूर्वमाओवादीका नेताहरुलाई प्राथमिकता

Author Image
शुक्रवार, पौष १०, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यस्तै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।   नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ । लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ ।

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ

महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर