Aamsanchar

साहित्यकार ढुंगेलको देश र आमा विमोचन, ६ जना प्रतिभा सम्मानित

Author Image
बिहिवार, पौष १६, २०७७

बिर्तामोड । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको हो ।
मातृकला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षता तथा प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रवन्धनिर्देशक दिपक रायमाझीले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रा.डा. टंक न्यौपाने , प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरु कोमलप्रसाद पोखरेल , पुण्यप्रसाद खरेल , राजेन्द्र संग्रौला , देवीभक्त श्रेष्ठ , शिवशंकर थापा , प्रेमप्रकाश फलाहारी, देवी संग्रौलालगायतले कविता तथा गीति संग्रह देश र आमाको विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले आफ्नो चौथो कृतिको रुपमा कविता तथा गीति संग्रह देश र आमाको विमोचन गरिएको बताइन् । उनले कविता तथा गितको माध्यमबाट देश र आमाको महत्व दर्शाएको बताइन् ।

कार्यक्रममा देवी संग्रौलाले पुस्तकको समिक्षा गरेका थिए भने प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।
कार्यक्रममा साहित्यकार विनोद खनाल , विद्या निर्दोशी , अम्बिका घिमिरे ,युवा वैज्ञानिक शिवराज लिम्वू , चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल , नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्युत दाहाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा मृगौला पीडित वरिष्ठ वाद्यवादक फूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दश हजार रुपैयाँ प्रदान गरेका थिए ।

उक्त रकम साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठ , संस्थापक अध्यक्ष शिवशंकर थापा, सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोकगायिका कल्पना दाहालले नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्युत दाहालसंग पूर्वेली भाकाको लोकदोहोरी गाएको मोडल जनक खड्काले बताए ।

त्यस्तै सरगम संगीतालय बिर्तामोडका कलाकारहरु कृपा पौडेल , अनुजा कडरिया , श्रद्धा प्रसाईले गीत प्रस्तुत गरेका थिए ।  कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र मदनआश्रित चुडालले गरेका थिए ।

विर्तामोड –१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ र ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँ त’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर