Aamsanchar

एउटै नम्बर प्लेडका दुईओटा गाडी !

Author Image
सोमवार, पौष २०, २०७७

रौतहट । गाडीमा नक्कली नम्बर प्लेट राखेर चलाउने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–६ घर भई हाल चन्द्रपुर नगरपालिका–४ बस्ने अमन तिवारी रहेका छन् । रौतहटको चन्द्रनिगाहपुरको मुख्य चोकबाट पुस १२ गते बा १७ च ९३६५ नम्बरको दुई वटा स्कारपियो गाडी एकै स्थानमा भेटिएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार दुई वटा गाडी मध्ये एउटा गाडीको सवारी धनीले सम्पूर्ण आवश्यक कागजात प्रमाण देखाएका थिए । तर अर्को गाडीको धनी भने सम्पर्कमा आएको थिएन । अनुसन्धानका क्रममा नक्कली नम्बर प्लेट राखेर सवारी चलाउने व्यक्ति तिवारी रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिवारी चन्द्रपुरमा होण्डा कम्पनीको मोटरसाइकलका डिलर सञ्चालक हुन् ।

नियन्त्रणमा लिएको गाडी नक्कली रहेको प्रमाण आफूहरुले जुटाएको र अनुसन्धानका क्रममा सवारी धनी समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । घटनाका सम्बन्धमा कानुन बमोजिमको कारबाही अगाडि बढाएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर