Aamsanchar

फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

Author Image
मङ्गलवार, पौष २१, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्नु भएको छ ।

फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिनुभयो । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उहाँले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताउनुभयो ।

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराउनु भएको थियो ।

फ्लड लाइट जडानका लागि गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनवीच सम्झौता भएको थियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सन संचलकले जनाएको छन् । मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

चार कुनमा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर