Aamsanchar

बालिका बलत्कार गर्न खोज्ने विद्युत प्राधिकरणका मिटर रिडर पक्राउ

Author Image
बुधवार, पौष २२, २०७७

मोरङ । १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले मोरङको बेलबारीस्थित विद्युत प्राधिकरण शाखा कार्यालयका मिटर रिडरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–२ घर भएका प्राधिकरणका कर्मचारी ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मिटर रिडिङ गर्न जाने क्रममा बेलबारी घर भएकी एक बालिकालाई जबरजस्ती तानेर बलात्कारको प्रयास गरेको पाइएपछि रिजाललाई पक्राउ गरिएको हो । प्राधिकरणले खटाए अनुसार रिजाल घर–घरमा मिटर रिडिङ गर्न जान्थे । त्यस क्रममा मिटर रिडिङ गर्न पुगेका उनले घरमा एक्लै भएको अवस्थामा बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी प्रहरीमा परेको थियो । पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान थालिएको ढकालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर