Aamsanchar

प्रतिबन्धित लागू औषध सहित मेचीनगरका शर्मा पक्राउ

Author Image
बुधवार, पौष २२, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेका मेचीनगर १० कै वर्ष २८ को सन्तोश कुमार शर्मा रहेका छन् । शर्माले आफ्नो शरिरको विभिन्न भागमा लुकाई छिपाई गरेको अवस्थामा औषध २.६ ग्राम ब्राउनसुगर सहित आज बेलुका ४ बजे प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा शर्माको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ फेलापारी ईलाका प्रहरी कार्यालय धुलाबारीमा शर्मालाई राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर