Aamsanchar

राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ७७ हजार सहयोग

Author Image
शुक्रवार, पौष २४, २०७७

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकामा रहेको मकालु युवा समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख ७७ हजार सहयोग गरेको छ। युवा समाजले राष्ट्र निर्माणका लागि आविष्कार केन्द्र र फाउण्डेसनलाई एक लाख ७७ हजार ४ सय ७४ रुपैयाँ सहयोग गरेको युवा समाजका सहसंयोजक नवराज कार्कीले बताएका छन्।

उनले भने,‘सामाजिक कार्यमा क्रियाशिल युवाहरुको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग संकलन गरिएको हो।’ राष्ट्रिय आविष्कार केन्द्रलाई विहिबार ८८ हजार ७ सय ३७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको युवा समाजका संयोजक नोर्बु शेर्पाले जानकारी दिए।

आविष्कार केन्द्रले युवाहरुसँगको समन्वयमा बाँदर, भालु तथा जंगली जनावार धपाउन प्रयोग हुने उपकरण समेत उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर