Aamsanchar

बुधबारे जेसीजको भवन सुरुगर्ने जिम्मा पत्रकार वाग्लेमा, गाउँपालिकाका अध्यक्ष भुजेलले सघाउने

Author Image
आइतवार, पौष २६, २०७७

अध्यक्ष अनिल वाग्ले ।

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ । बुद्धशान्ती १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका बर्ष उत्कृष्ट ब्याक्तित्व हरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पुर्वेली साप्ताहिकका सह –सम्पादक, पालिका सन्देश न्युज पोर्टलका सम्पादक साथै बुद्धशान्ती प्रेस क्लबका सदस्य तीर्थ तिम्सिनालाई कलमका माध्यमबाट महत्वपूर्ण भुमिका खेलेको, बर्ष उत्कृष्ट जेसीमा जेसीबिनोद रिजाल, बुधबारे जेसीजलाई जग्गा दिने जग्गादाता ज्ञानेन्द्र घिमिरे र कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडालाई सम्मान गरिएको थियो ।

उहाहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो।

अध्यक्ष वाग्लेलाई बधाई व्यक्त गर्नुहुदै प्रमुख अतिथि भुजेल ।

बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसि नन्दु कुमार यफ्फु राईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मीरा भुर्तेल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रजनी थापा र बिमला सुबेदीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको खेलकुद संयोजक जेसी आयुष निरौलाले जानकारी दिनुभयो ।

बर्ष २०२० का अध्यक्षले लगाएको जेसीज चेन बर्ष २०२१ का अध्यक्षलाई पहिर्याउन सहयोग गर्दै पूर्वअध्यक्षहरु ।

झापाका सक्रिय कुशल पत्रकार समेत रहेका  बर्ष २०२१ का जेसीज अध्यक्ष  अनिल वाग्लेले नयाँ कार्यसमितिलाई सपथ गराउनु भएको थियो । उहाँले महासचिवमा सुजित बराल, कोषाध्यक्षमा मुकेश भट्टराई र कानुनी सल्लाहकारमा गजुहाङ योङ्याहाङ लगायत ३१ जनालाई मनोनित गर्नुभयो । वहाँले बर्ष २०२१ लाई उत्कृष्ट कार्यकाल बनाउने उदघोष गर्नुभयो । अध्यक्ष वाग्लेले सबै निर्बाचित र मनोनित सबैलाई जिम्मेवार प्रदान गर्दै नमुना बर्ष बनाउने बताउदै बर्ष २०२० का अध्यक्षको पहलमा प्राप्त जमिनमा आफ्नो कार्यकालमा जेसीज भवन बनाएरै छाडने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बर्ष २०२१ का अध्यक्ष वाग्लेलाई बधाई व्यक्त गर्नुहुदै बर्ष २०२० का अध्यक्ष नन्दु कुमार यफ्फु ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले बुधबारे जेसीजले गरेको कामको प्रशंसा गर्दै आउने दिनहरुमा बुधबारे जेसीजले नयाँ योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रमुख अतिथि भुजेलले पदभार ग्रहण गरेको सबै जेसिजहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले बुद्धशान्तिलाई विश्वसामु चिनाउन तर्फ जेसीजलाई लाग्न अनुरोध गर्दै यसका लागि गाउँपालिकाले युवासंग सहकार्य गर्न पाउनु गर्बको कुरो रहेको बताउनुभयो । आफ्नो मन्तव्यकै क्रममा  वहाँले भन्नु भयो ‘प्राप्त जग्गामा छिटो भन्दा छिटो भवन बनाउन तर्फ अध्यक्ष लगायतको सिंगो जेसीज र नागरिक समाज लाग्नु पर्छ त्यसका लागि गाउँपालिका र मेरो व्यक्तीगत तर्फबाट सहयोग गर्न तयार छु ।’

बर्ष उत्कृष्ट पत्रकार सम्मानित पत्रकार तिर्थ तिम्सिना ।

जेसी गजुहाङ योङ्याहाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अर्जुन ढकालले जेसीज आस्था बाचन गरेका गर्नुभएको थियो भने संचालन २०२० का महासचिव दिपेन सिटौला र कार्यकारीणि उपाध्यक्ष गोकुल पौडेलले सयुक्त रुपमा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर