Aamsanchar

छात्रामाथि यौनहिंसा गरेको अभियोगमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

Author Image
मङ्गलवार, पौष २८, २०७७

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन्। छात्रामाथि यौनहिंसा गरेको अभियोगमा आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ परेको हो।

आरआर क्याम्पसमा अध्ययनरत एक जना छात्रालाई सामाजिक सञ्जालमार्फत् यौनहिंसा गरेको आरोपमा प्रहरीले आचार्यलाई सोमबार कलेजबाटै पक्राउ गरेको हो। प्राध्यापक आचार्यलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यसअघि पनि उनी यौन दुराचारको आरोपमा पक्राउ परिसकेका छन्। स्नातकोत्तर तहमा अध्ययनरत छात्रामाथि २०७४ साउन १२ गते क्याम्पसकै कक्षाकोठामा एक्लै भएको मौका छोपी यौन दुराचार गरेको अभियोगमा उनी पक्राउ परेका थिए।

महानगरीय प्रहरीको अपराध महाशाखाले २०७४ साउन १८ गते बुधबार क्याम्पसबाटै उनलाई पक्राउ गरेको थियो। प्राध्यापक आचार्यले कक्षा कोठामा चार बजे पछाडि अन्य कोही साथी नभएको मौका पारेर छात्रालाई ‘तिमी मसँग यौन सम्पर्क राख, त्यसको बदलामा तिमीलाई आवश्यक गर्ने सबै नोट उपलब्ध गराउँछु, जसका लागि उचित समय मिलाएर खबर गर्नु’ भनेर प्रलोभन देखाएका थिए।

प्राध्यापक आचार्यले छात्रालाई ‘तिमी कक्षामा अनुपस्थित हुँदा मलाई पढाउन मन हुँदैन, त्यसैले तिमी दैनिक कक्षामा आउने गर, म तिमीलाई मनदेखि नै माया गर्छु’ भनेर मेसेज समेत गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर