Aamsanchar

ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने : माधव नेपाल

Author Image
बिहिवार, माघ १, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि पनि गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको भन्दै नेता नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’ ओली समूहले यो नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ । र, नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर