Aamsanchar

ओलीसँग स्पष्टिकरण माग गर्ने माधव–प्रचण्ड समूहको निर्णय, विष्णु पौडेलको जिम्मेवारी खोसियो

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाडौं । नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको बैठकका एक सहभागीले बताए । बैठकले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । यद्यपि उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर