Aamsanchar

सहारा नेपाल (साकोस) का संस्थापकहरु सम्मानित

Author Image
सोमवार, माघ ५, २०७७

विर्तामोड ।  नेपालकै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहाराले कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाएको हो ।

संस्था २५ औंँ वर्ष पुगेको अवसरमा साकोसले संस्थापक ३३ जना शेयर सदस्यलाई सम्मानसमेत गरेको छ । प्रदेश–१ का ६ जिल्लामा ६७ वटा सेवाकेन्द्र रहेको सहाराले यस वर्ष थप ८ वटा सेवाकेन्द्र विस्तार गर्ने लक्ष्य राखेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । सहकारीले शेयर सदस्यलाई कोरोना अवधिमा व्यापार, व्यवसाय र उद्यमशिलताको लागि पुँजीको उपलब्धतालाई सहज बनाउने लक्ष्य राखेको छ । आगामी ६ महिनामा २-२ अर्ब बचत तथा ऋण वृद्धि हुने अनुमान सहकारीको छ ।
रजत महोत्सवसँगै सहकारीले सदस्य वृद्धि र सम्बन्ध सुदृढिकरण अभियानसमेत सञ्चालनमा ल्याउने प्रमुख गिरीले जानकारी दिए । १ लाख ४८ हजार शेयर सदस्य रहेको सहाराले यस वर्ष २ लाख पु¥याउने साथै सदस्यलाई गुणस्तरिय सेवा उपलब्ध गराउने जनाइएको छ । संस्थाले ‘सहारा स्मार्ट मोवाइल एप’ सबै सदस्यको पहुँचमा पु¥याउन अभियान सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै यस वर्षदेखि एटीएम सेवा शुरुवात गर्ने लक्ष्य राखेको छ ।

सेवा केन्द्रहरुलाई प्रभावकारी परिचालन, सुविधाका लागि कुपन प्रणाली लागू, सहुल्यत व्याजदरमा वैदेशिक ऋणका लागि स्मार्ट सर्टिफिकेट र एक्सेस ब्राण्ड प्राप्तको प्रक्रिया अघि बढाउने जनाएको छ । सेवा केन्द्रहरुलाई योगदानको आधारमा कार्यक्रम अनुदान उपलब्ध गराउने योजना बनाएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । सहाराले यस वर्षदेखि सिनियर सिटिजन हेल्थ केयर सेवा, अग्र्यानिक तथा टनेल चिलेज निर्माण, कोसेली घर सञ्चालन  स्थानीय तहसँगको साझेदारीमा सहुलियत कर्जाका लागि उद्यमशिलता कोष, कृषि तथा पशु कार्यक्रम, जेष्ठ चौतारी निर्माण लगायतका कार्यक्रम अघि बढाउने जनाइएको छ ।

“सहाराले नेपालकै पहिलो सहकारी संस्थाकोरुपमा कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गर्न सफल भएको छ” गिरीले भने, “२०८० सम्ममा २५ अर्बको वासलात बनाउने लक्ष्य राखेका छौँ ।” सामाजिक उत्तरदायित्व अन्तगत सहाराले स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, रोजगारी, प्रशोधन, भण्डारण, तथा बजारीकरणलगायत कार्यक्रम अघि बढाउने लक्ष्य राखेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सातौँ विस्तारित भेला तथा रजत महोत्सवको अवसरमा सहाराले जोखिम हस्तान्तरण व्यवस्थापनका लागि सिटिजन लाइफ इन्सुरेन्ससँग सम्झौता गरेको छ ।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्दै संस्थापक अध्यक्ष नरनाथ गिरीले २५ वर्ष अघि दिगो आर्थिक विकासको योजनासहित स्थापना गरिएको सहारा आज हजारौँको सहारा बनेको जनाए । कार्यक्रममा संस्थाका शेयर सदस्य देउमान थेवे, रोमणी भट्टराई, सिटिजन इन्सुरेन्सका सिइयो पोषकराज पौडेल लगायतले बोलेका थिए । सहाराले जिल्ला प्रहरी कार्यलय झापाबाट सरुवा भएका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालाई सम्मान तथा विदाइ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर