Aamsanchar

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र चौदण्डीगढी भिडदै

Author Image
सोमवार, माघ २६, २०७७

काठमाण्डौ-राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो ।

जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहोर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर