Aamsanchar

विर्तामोडमा साहित्यकार कोइरालाको दुई वटा कृति विमोचन

Author Image
बिहिवार, माघ २९, २०७७

विर्तामोड । झापाको विर्तामोडमा बुधबार दुईवटा साहित्य कृति विमोचन गरिउको छ ।

साहित्यकार चित्रा पौड्याल कोइरालालेको दुई कृति शंखनाद र कविता संग्रह श्वेत शिखर आफ्ना माता पिता र जिल्लाका अग्रज साहित्यका समाजसेवीहरुको हातबाट विमोचन गरिएको थियो ।

झापा अर्जुनधारा –८ घर भई हाल अमेरिका वस्दै आएकी कोइरालाले अमेरिकादेखि आएर लकडाउनको समय सदुपयोग गर्दै तयार पारिएको आफ्ना दुई वटा कृति आफ्नो जन्मदिनको अवसर पारेर विमोचन गरिएको साहित्यकार कोईरालाले बताईन् ।

लोकनाथ –हेमकला पौड्याल ट्रष्ट अर्जुनधारा –८ झापाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार चित्रा पौड्याल कोइरालाका बुवा शिक्षासेवी लोकनाथ पौड्याल र आमा हेमकला पौड्यालले मुक्तक संग्रह शंखनाद र कविता संग्रह श्वेत शिखरको विमोचन गरेका थिए ।

आफूलाई जन्मदिने आमाबुवा दिवंगत भएपछि पुस्तक समर्पण गर्ने परम्परालाई तोड्दै जन्मदिनको दिन आफूलाई जन्मदिने आमाबुवाको हातबाट दुई वटा कृतिको बिमोचन गरेर आमावुवा प्रति कृति समर्पित गरेको उनले वताइन् ।
सानै उमेरदेखि आमाबुवाको हातबाट कृति विमोचन गराउने धोको भएको र त्यो अहिले आएर पूरा भएको उनले वताइन् ।

आफ्ना दुई वटा कृतिको विक्रीबाट संकलित रकम झापाको अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुको सहयोगार्थ प्रदान गरिने उनले बताइन् ।

विगत आठ वर्षदेखि अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।

साहित्य चौतारी बिर्तामोड झापाकी कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्य , जीवन विज्ञानकी प्रशिक्षक रहेकी साहित्यकार कोइरालाले मुक्तक संग्रह शंखनाद आमावुवाप्रति र कविता संग्रह श्वेत शिखर जीवन विज्ञानका गुरुप्रति समर्पित गरेको बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर