Aamsanchar

क्याटलान क्लब बार्सिलोनामाथि सेभियाको जित

Author Image
बिहिवार, माघ २९, २०७७

एजेन्सी : स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्ष्क मार्क आन्दर टेर स्टेगनले रोक्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान इस्कुडेरोको प्रहारलाई टेर स्टेगनले मुस्किलले बचाउदा सेभिया अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५४औं मिनेटमा फ्रान्की डि जोङको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई गोलरक्षक यासिर बोनोउले सहजै बचाए । ८५औं मिनेटमा इभान राकिटिचले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे । उनले ओलिभर टोरेसको पासलाई सदुपयोग गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेस्सीको प्रहारलाई गोल रक्षक बोनोउले मुस्किलले बचाउदै बार्सिलोनालाई २–० को हार चखाउन सफल भयो ।

यस जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सेभिया फाइनलमा पुग्नेछ । बार्सिलोनालाई भने कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेगको खेल नोउ क्याम्पमा ४ मार्चमा हुनेछ । कोपा डेल रेको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति एथलेटिको बिल्वाओ र लेभान्टेबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)