Aamsanchar
Adv top
Adv below_nav

इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि सन्दीप लामिछाने छनौट, न्यूनतम पारिश्रमिक ४० लाख भारु


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् ।

यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो ।प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो ।

बीसीसीआईको सूचीमा विश्वभरबाट २९२ खेलाडी परेका छन्। अक्सनका लागि १ हजार ११४ जनाको नाम दर्ता भएकामा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ।

नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु तोकिएको छ। यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएलको तीन सिजन खेलिसकेका छन्।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।