Aamsanchar

नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ को सदस्यमा भण्डारी मनोनित

Author Image
शुक्रवार, फागुन ७, २०७७

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो । झापा अर्जुनधारा –५  ऊँचोकका स्थायी वासिन्दा भण्डारी बिर्तामोड उद्योग बाणिज्य संघका वर्तमान महासचिव हुन् ।

भण्डारी रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पूर्व अन्तर्राष्ट्रिय रेफ्री , नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , वीरता जेसीजका पूर्व अध्यक्ष भएर सामाजिक काममा क्रियाशिल व्यक्तीको रुपमा परिचित छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर