Aamsanchar

जिल्ला समन्वयद्वारा अनुगमन जारी, बबईमा ३५ प्रतिशत काम

Author Image
मङ्गलवार, फागुन १८, २०७७

हापुरे । जिल्ला समन्वय समिति दाङले स्थानीय पालिकामा भइरहेका कामको अनुगमन कार्यलाई जारी राखेको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेका दशवटै पालिकामा चालु आर्थिक बर्षमा भइरहेका भौतिक पुर्बाधारका कार्यको अनुगमन गर्न सुरु गरेको हो ।

जिल्ला समन्वय समितिले हरेक बर्ष स्थानीय पालिकामा भइरहेका बिकास निर्माणका योजनाका बिषयमा अनुगमन गर्ने गरेको छ । समन्वय समितिले जिल्लामा बिकास निर्माण तथा नदिजन्य पदार्थको अनुगमन गर्ने गरेको छ ।

यसैक्रममा जिल्ला समन्वय समितिको टोलीले बबई गाउँपालिकामा भएका बिकास निर्माणको अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा बबईमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बबई गाउँपालिकामा ३५ दशमलब ०४ प्रतिशत काम भएको जनाइएको छ । गाउँपालिकामा २९७ योजनामा अहिलेसम्म १८ योजना सम्पन्न भएका छन् भने १८१ वटा योजना सम्झौता भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर