Aamsanchar

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदै

Author Image
शुक्रवार, फागुन २१, २०७७

काठमाण्डौ –सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष विजेताले २ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 597

प्रतिक्रिया (०)

सम्बन्धित खबर