Aamsanchar

एन्फा द्वारा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी

Author Image
शनिवार, फागुन २२, २०७७

अखिल नेपाल फुटबल संघ, एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी चैतमा एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार घोषणा गरेको छ ।

पुनर्निर्मित दशरथ रंगशालामा मार्च २२ देखि ३० अर्थात् चैत ९ देखि १७ गतेसम्म प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा नेपाल, किर्गिस्तान र बंगलादेशले खेल्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । किर्गिस्तानको तर्फबाट २३ वर्षमुनिको ओलम्पिक टिम सहभागी हुने एन्फाले जनाएको छ ।

त्रिदेशीय प्रतियोगितामा कुल ४ खेल हुनेछन् । यसअघि, विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुनासाथ एन्फाले अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर