Aamsanchar

‘बी’ डिभिजन लिग फुटबलमा आजदेखि दशौँ चरणका खेल

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाडौं-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा ब्वाइज युुनियन र टुसाल क्लब भिड्दैछन्। नौवटा खेल सकिँदा ब्वाइज युनियन १४ अंकसहित चौथो स्थानमा छ। टुसालले भने समान खेलबाट नौ अंक मात्र जोड्दै आठौँ स्थानमा छ।

यस्तै, दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा खुमलटार युथ क्लब र श्री भगवती भिड्दैछन्। खुमलटार २२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। श्री भगवतीले समान नौ खेलबाट नौ अंक नै जोडेको छ। शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोलले पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। सातदोबाटो ए डिभिजनमा उक्लिने बलियो दाबेदार बनेको छ। यस्तै, हिजोको अर्को खेलमा मध्यपुर युथ क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई पराजित गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर