Aamsanchar

बिर्तामोडमा खुल्ला व्याडमिटन प्रतियोगिता हुँदै

Author Image
शनिवार, फागुन २२, २०७७

झापा । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । प्रतियोगिता लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लव अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दिपेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग,रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन शत्यनारायण शर्माले संयुक्त रुपमा गर्ने छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले ट्रफी र प्रमाणपत्र सहित नगद २५ हजार, दितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० दितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बिर्तामोड व्याडमिटन क्लवको हलमा प्रतियोगिता हुने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर