Aamsanchar

इलाममा चैत्र ४ गतेबाट भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार दुई लाख एक हजार

Author Image
शनिवार, फागुन २२, २०७७

इलाम-इलाममा आउँदो चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल सङ्घ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स बिर्तामोड र दमक नगर भलिबल क्लबको सहभागिता रहने जिल्ला भलिबल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैयाँ साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर