Aamsanchar

ओलीद्वारा संसदीय दलको बैठक आह्वान

Author Image
आइतवार, फागुन २३, २०७७

काठमाडौं –प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्।

सचेतक भट्टराईले संसद् बैठक सकिनेबित्तिकै बैठक बस्ने बताए। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेपछि एकता गरिएको नेकपा पाटी नै अवैध भएपछि प्रधामन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर