Aamsanchar

संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशविरुद्ध कांग्रेसको नाराबाजी,संसद् बैठक १० मिनेटका लागि स्थगित

Author Image
आइतवार, फागुन २३, २०७७

काठमाडौं : सरकारले ल्याएको संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाराबाजी गरेको छ। संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।  कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषद्को अध्यादेश स्वीकार गर्न नसकिने बताएका छन्। संवैधानिक परिषद्को अध्यादेश संविधानको भावना विपरित भएको कांग्रेसको धारणा छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर