Aamsanchar

निर्वाचन आयोग : नाम तथा चुनाव चिह्न परिवर्तनका लागि नेकपा एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्दै

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं- निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै उनले भने, ‘त्यो काम आज त गर्नैपर्ने छ ।’ सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखिएको थियो । आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर