Aamsanchar

तयारी नपुगेको भन्दै एमालेको सचिवालय बैठक स्थगित

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ। महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका थिए। नेपाल‚ खनाललगायतका नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव पोखरेलको सचिवालयले जनाएको छ।

सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने प्रावधान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर