Aamsanchar

बेनी घाटमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, २ जनाको मृत्यु

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं-धादिङको बेनी घाटमा ट्रक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो।

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर