Aamsanchar

उपेन्द्र र डा. बाबुरामलाई थाहै नदिई जसपा अध्यक्ष ठाकुरद्वारा ओलीसँग सत्ता साझेदारी गर्न कार्यदल गठन

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ । ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटप्रति जसपाका नेताहरुले आशंका गरेका थिए । एक नेताका अनुसार ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेको थियो । तर ठाकुरले केही भनेका थिएनन् । तर मंगलबार जसपा संसदीय दलको बैठकमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि ‘सरप्राइज’ थियो । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । एक नेता भन्छन्, ‘रेशम चौधरीको रिहाइ हामी सबैको एजेण्डा हो । तर सत्ता साझेदारी ओलीसँग गर्न हुन्न भन्नेमा हामी छौं । उहाँहरु (ठाकुर र राजेन्द्र महतो) कसरी आउनुहुन्छ, हेर्न बाँकी छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर