Aamsanchar

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

Author Image
बुधवार, फागुन २६, २०७७

काठमाडौं –नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी समिति सदस्य पम्फा भुसाले जानकारी दिइन्। सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर बस्दै आएको छ। सरकारको समर्थन फिर्ता लिने वा यथावत राख्ने भन्ने विषयमा निर्णय गरिनसके पनि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यको छलफल अघि बढाएको छ।

यही सिलसिलामा मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए। देउवा र भट्टराईसँगको कुराकानीबारे आजको स्थायी समिति बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराउने, सरकारको समर्थन र अहिले पनि मन्त्री भइरहेका पार्टीका नेताहरुलाई के गर्ने भन्ने विषयमा निर्णय गर्न सक्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर