Aamsanchar

यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने – झलनाथ खनाल

Author Image
बुधवार, फागुन २६, २०७७

काठमाण्डौ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनर्स्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गर्नुभयो ।

एमाले र माओवादी केन्द्रबीचको एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर