Aamsanchar

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Image
बिहिवार, फागुन २७, २०७७

सुनसरी- जिल्ला सुनसरी ईनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ -४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ ।

सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर