Aamsanchar

पुलिसलाई काठमाण्डौ मेयर कप क्रिकेटको उपाधि,फाईनलमा एपीएफ आठ विकेटले पराजित

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाण्डौ – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १र१ विकेट लिए ।

विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच समूह सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर