Aamsanchar

‘रोलिङ च्यालेञ्ज कप’ चैत ७ गतेदेखि

Author Image
शनिवार, फागुन २९, २०७७

धुलाबारी । रोलिङ क्लव धुलाबारीको आयोजनामा प्रदेश नं. १ स्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ चैत ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।

धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो संस्करणको हो । यसअघि क्लबको आयोजनामा पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको छ शनिबार धुलाबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका सचिव महेश खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक रोलिङ क्लब धुलाबारीसहित रेडहर्स इलाम, शिवसताक्षी फुटवल क्लब झिलझिले, न्यू स्टार फुटवल क्लब सुनसरी, चारआली–धाइजन फुटवल क्लब मेचीनगर, सशस्त्र प्रहरी बल (एपीएफ) पकली, पथरी फुटवल क्लव मोरङ र कर्णसिंह सोनाम फुटवल क्लव ताप्लेजुङको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कष्ट टीम लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं. १० रहेको छ । अन्य रकम खेलप्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिनेछ ।

क्लवका अध्यक्ष नोमेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवका उपाध्यक्ष इन्द्र आङ्दाम्बेले स्वागत तथा सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर