Aamsanchar

भारतीय कृकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी यस्तो अवतारमा !

Author Image
आइतवार, चैत १, २०७७


टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो भान हुन्छ । धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन् । स्टार स्पोर्टस्ले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट योसँग सम्बन्धित ९ सेकेन्डको प्रोमो पनि सेयर गरेको छ । धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो रु चाँडै नै थाहा हुनेछ ।’

धोनीको टीम चेन्नई सुपर किङ्ग्स आइपिएल सन् २०२१ को तयारीमा अत्यधिक जुटेको छ । धोनीको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले तीनपटक आइपीएलको उपाधि जितिसकेको छ । धोनीले १५ अगस्ट २०२० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर