Aamsanchar

भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल : बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय

Author Image
मङ्गलवार, चैत ३, २०७७

काठमाण्डौ- भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो ।

यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ। गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्डबीच आज एउटा खेल हुनेछ भने बाँकी दुई खेल बिहीवार र शनिवार अहमदाबादमा हुनेछ । पाँच खेलको टी-२० श्रृङ्खलामा एक/एकको बराबरीमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर