Aamsanchar

चेल्सी र बार्यन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश

Author Image
बिहिवार, चैत ५, २०७७

काठमाण्डौ- च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो लेग ४–१ गोल अन्तरले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर