Aamsanchar

बैंकिङ कसूरका दुई फरार प्रतिवादी पक्राउ

Author Image
बिहिवार, चैत ५, २०७७

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी दुई जनालाई पक्राउ गरेको छ। सिआइबीले धनकुटा घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठीका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ का ५८ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।

सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार उनीहरू दुबै जना बैंकिङ कसूरका फरार प्रतिवादी हुन्। उच्च अदालतले गत माघ ९ गते महेन्द्रनारायण श्रेष्ठविरूद्ध २० लाख जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो। सजाय बेरुजू रही फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ।

‍त्यस्तै, लाक्पा लामाविरूद्ध उच्च अदालतले गत माघ ५ गते १० लाख ४५ हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो। सजाय सुनाएदेखि फरार रहेका उनलाई प्रहरीले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर