Aamsanchar

इङ्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेट घरेलु टिम भारत विजयी, ५ खेलको सिरिजमा २-२ को बराबरी

Author Image
शुक्रवार, चैत ६, २०७७

काठमाडौं- इङ्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेट घरेलु टिम भारतले जितेको छ। अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो। जितसँगै ५ खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ। अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो।​ इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए। यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे। भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २र२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चर ४ विकेट लिए। अब अन्तिम खेल भोलि हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर