Aamsanchar

पत्रकार महासंघ झापामा अध्यक्ष पदका लागि तिन जनाको उम्मेदवारी

Author Image
आइतवार, चैत २२, २०७७

विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ ।

आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एवं पूर्वाञ्च दैनिका प्रधान सम्पादक, पत्रकार उपचार कोषका संयोजक एकराज गिरी, रेडियो भिजनका स्टेशन मेनेजर विशाल नेम्वाङ र पत्रकार तिर्थ सिग्देलले मनोनयन दर्ता गरेका छन् ।

यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलको तर्फबाट केशव भट्टराई, मुक्ति पौडेल, गोपाल झापाली र हिमाल खरेलको उम्मेद्वारी परेको छ । महिला उपाध्यमा शुशिला संग्रौला र सावित्रा दाहालको उम्मेदवारी परेको छ । यस्तै सचिवमा डिकेश लामा, सुब्रत न्यौपाने र प्रेम आचार्यले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा खुल्ला तर्फमा राजु पाठक, विनोद सापकोटा, समावेशी सहसचिवमा अर्जुन राजवंशी, पार्थ मण्डल र देशराज नेम्वाङले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाई, रमेश तिवारी उम्मेद्वारी परेको छ । निर्वाचन समितिले ७४ जनाले जिल्ला कार्य समिति, प्रदेश परिषद् र केन्द्रीय परिषद पदमा मनोनयन दर्ता गरेको जनाएको छ ।

त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, नरेश खाती, किशोर उपरकोटीको उम्मेद्वारी परेको छ भने जनजाति सदस्यमा शेसेहाङ फियाक र राजन साम्पाङको उम्मेद्वारी परेको छ ।
खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लगाई, होमप्रकाश अधिकारी, डम्वर वराल,विनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लगाई, तीलक तामाङ योन्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्य समावेशीमा सन्तोष अग्रवाल, पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै इश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेतीले प्रदेश परिषद सदस्यमा  उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी केन्द्रीय परिषद सदस्य महिलामा अम्वििका भण्डारी, रेजिना गौतम, भीमा शिवाकोटीले उम्मेद्वारी दिएका छन् भने केन्द्रीय परिषद सदस्य जनजातिमा दीपिन राईको उम्मेद्वारी परेको छ । त्यस्तै केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र निरौला, डण्डीराज घिमिरे(विवेक),चेतन अधिकारी, गोपाल काफ्ले, कृष्ण हुमागाई र लक्ष्मण ढकालले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)