Aamsanchar

पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लब 

Author Image
बुधवार, चैत २५, २०७७

इलाम – नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लब भटराई निर्बाचित भएका छन् । बिप्लबले १ सय ६ मत ल्याएर बिजयी भएका हुन् । उनका  प्रतिस्पर्धी सुजन तिम्सिनाले ४८ मत पाएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा सुनिता राईले ९६ मत ल्याउदा उनको प्रतिस्पधी बुध्दमाया सोङमीले ५७ मत पाएकी थिइन् । त्यस्तै सचिब पदमा प्रेम अधिकारीले ८९ मत पाएर बिजयी हुदा उनको प्रतिस्पर्धि राजेश पराजुलीले ६३ मत पाएका छन् ।

अन्य पदमा सर्बसहमत भए पनि अध्यक्ष महिला उपाध्यक्ष र सचिब पदमा भने निर्बाचन भएको थियो । इलाम साखाका कुल १ सय ७५ मतदाता मध्ये १ सय ५५ मत खसेको थियो । प्रदेस समिति र केन्द्रको लागि भएको निर्बाचनको मतगणना भोली बिहान ९ बजे बाट गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर