Aamsanchar

पत्रकार महासंघ झापा अध्यक्षमा पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक गिरी निर्वाचित

Author Image
बिहिवार, चैत २६, २०७७

नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो भने केपी ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्माङले ७४ मत तथा माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । नेम्वाङ प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा गिरीकै प्यानलकी सुशीला संग्रौलाले १ सय ४० मत प्राप्त गरी निर्वाचित हुनु भयो भने नेम्वाङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १ सय ७ मत प्राप्त गर्नुभयो । सचिवमा गिरी प्यानलकै डिकेश लामाले १ सय २८ मत प्राप्त गरी विजयी बन्दा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाउनु भयो भने प्रेम कुमार आचार्यले २५ मत प्राप्त गर्नुभयो ।

खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १ सय ५५ मत सहित निर्वाचित हुँदा नेम्वाङ प्यानलका बिनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १ सय ७२ सर्वाधिक मत ल्याई बिजयी बन्दा नेम्वाङ प्यानलका देशराज नेम्माङले ७३ मत मात्रै प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १ सय ३३ मत प्राप्त गरी विजयी बन्दा नेम्वाङ प्यानलका रमेश तिवारीले १ सय १५ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलकी मनिषा चौलागाईँले सर्वाधिक १ सय ५१ मत प्राप्त गर्नुभयो । सोहि प्यानलका विनोद पाण्डे कमलले १ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

चिरञ्जिवी घिमिरे १ सय ३३, सुष्मा राजवंशी १ सय ३३, होमप्रसाद अधिकारी १ सय २२, द्रोण अधिकारी १ सय ७ तथा नेम्वाङ प्यानलका अच्युतराज सुवेदी १ सय ७,अनिल वाग्ले १ सय ५, सुनिरा मैनाली १ सय २१ मतका साथ विजयी भएका छन् । पराजित उम्मेद्वार जसोदा राजवंशी ३२,डम्वर बराल १ सय ४, तिलक तामाङ्ग योञ्जन १ सय १, देविप्रसाद गौतम ६४,भुमिराज पराजुली ६०, रामप्रसाद निरौला ७४, विष्णुप्रसाद पौडेल, शिशिर चौलागाईँ ९३, सुदिप अधिकारी र्सजन घिमिरे ८५ मत प्राप्त गर्नुभएको थियो ।

आदिवासी तथा जनजाति सदस्यमा नेम्वाङ प्यानलका राजन साम्पाङ १ सय २४ मत र दलिततर्फको सदस्यका लागि गिरी पक्षका रञ्जित परियार १ सय ४० मतका साथ विजयी हुनुभयो । आदिवासी तथा जनजाति पराजित सदस्यमा सेसेहाङ्गले १ सय ९ मत प्राप्त गर्नुभयो । परियारका प्रतिस्पर्धी माधव पक्षका किशोर उपरकोटीले ९८ मतमा चित्त बुझाउनु पर्यो ।

केन्द्रिय परिषद सदस्यमा गिरी पक्षका ज्ञानेन्द्र निरौला१ सय ६५ र गिरी पक्षाक कृष्ण हुमागाईँ १ सय ४१ मतका साथ विजयी हुनुभयो । यसैगरी, नेम्बाङ पक्षका गोपाल काफ्ले १ सय ६९ मत प्राप्त गदैं विजयी हुनुभयो । सोहि पक्षका पराजित उम्मेदवार चेतन अधिकारीेले १ सय २६ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्व चयनका लागि विर्तामोडमा मतदानमा शाखाका २ सय ६३ सदस्य मध्ये २ सय ५६ जना पत्रकारहरुले मतदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर