Aamsanchar

वीरता जेसीज सहित १३१ सामाजिक संस्थाद्वारा पत्रकार भण्डारीलाई उत्कृष्ट नागरिक सम्मान

Author Image
शनिवार, वैशाख ४, २०७८

बिर्तामोड । झापाका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, कञ्चनजंगा एफ.एम.का प्रवन्धन निर्देशक चन्द्र भण्डारीलाई जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित संगै सम्मान गरिएको छ ।

शनिबार झापाको बिर्तामोडमा वीरता जेसीज पूर्व अध्यक्ष क्लवको संयोजन, वीरता जेसीज मुख्य आयोजक र जिल्लाका १ सय ३१ भन्दा धेरै सामाजिक संघ संस्थाहरुको ऐकिवद्धता सहित सबै संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु र सयौं सर्वसाधारणको उपस्थितीमा उत्कृष्ट नागरिक भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सम्मान पत्र प्रदान गरेका थिए ।

भण्डारी लगायत हाल सम्म विभिन्न विधामा उत्कृष्ट काम गरेर यसै गरी सम्मानित हुनेहरुमा तुर्सा हेमरम, चुडामणी रेग्मी, खिलप्रसाद शिवाकोटी, सुवेदार डम्बरबहादुर अधिकारी, दाताराम शर्मा खानाल, अशोक शर्मा, दान खालिङ, भवानी घिमिरे, छत्रबहादुर बस्नेत, डा. शंकर उप्रेती, लिला उदासी, रामदर्शन गुरुङ, बैरागी काँईला, पुण्यप्रसाद ओली, राजेश खड्का, गणेशबहादुर प्रसाई, शिवशंकर थापा, डा. केआर खम्बु, सिताराम–कुञ्जना कट्टेल महेन्द्र गिरी र पूर्ण चुडाल रहेका छन् ।

वीरता जेसीजका सन २००७ का अध्यक्ष यामकुमार खड्काको संयोजनमा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम भएको हो ।

वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कष्ठ नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर