Aamsanchar

झापाका प्रशासन प्रमुखहरु संग मास्क नलगाउनेहरु लाजले भुतुक्कै

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

बिर्तामोड । नेपालमा दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको कारण सर्वत्र त्रास बढिरहेको अवस्थामा भरत संग सिमा जोडिएका जिल्लाहरुमा झन धेरै जोखिम बढेको छ । त्यस्तै भारत संग सिमा जोडिएको नेपालको एक जिल्ला झापामा पनि दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढन थालेपछि झापामा प्रशासनले सर्तकता अप्नाउन सुरु गरेको छ ।

मंगलबार बिर्तामोडमा झापाका प्रशासन प्रमुखहरुले बजार अनुगमन गरेका छन् । अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतले मास्क नलगाउने व्यापारी र सर्वसाधारणहरुलाई मास्क लगाउन अग्रह गर्दै मास्क वितरण गरेका थिए ।

बिर्तामोड बजारको विभिन्न स्थानमा जनपथ र ट्राफिक प्रहरीहरुले चेतना मुलक प्लेकार्ड देखाउदै मास्क नलगाई सवारी चलाउने चालक, सहचालक, यात्रीहरुलाई मास्क वितरण गरेका थिए ।
अनुगमनका क्रममा मास्क भनेको केहो भनेर प्रश्न गर्नेहरु पनि भेटिएका थिए । बुद्धिजिवी देखिने युवा पुष्ताहरुले पनि मास्क नलगाई हिडेको देखेपछि प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले मास्क लगाउनुहोस् भन्दै मास्क दिदै ‘आज मास्क दिएर सम्झाउछौं भोलीदेखि कार्वाही र जरिवाना हुने छ’ भन्दै सर्वसाधारणलाई सुझाएका थिए । प्रमुख जिल्ला अधिकारीले मास्क लगाउन गरेको आग्रहका कारण युवाहरु लजाएर भुतुक्कै हुदै प्रजिअले दिएको मास्क लगाउदै आफ्नो गन्तव्य तर्फ लागेका थिए ।

बजारमा देखिएका सर्वसाधारणले प्राय मास्क लगाएर हिदेको पाईएको थियो । एक घण्टा गरिएको अनुगमनमा करिव ९० प्रतिशतले मास्क प्रयोग गरेको पाईएको प्रमुख जिल्ला अधिकारी सिमल्सिनाले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर