Aamsanchar

कोरोनाले पार्ने समस्या, बच्ने उपाय र उपचार

Author Image
शनिवार, वैशाख १८, २०७८

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोभिड–१९ सर्ने तरिका

कोभिड–१९ (कोरोना)  कसरी फैलिन्छ वा सर्छ त भन्ने सम्बन्धमा सबैले विस्तृत रूपमा बुझ्न जरुरी छ । यो रोगको सङ्क्रमण प्रायः मानिसबाहेक अन्य प्राणीमा देखिन्छ । सामान्य लक्षण देखिई आफै निको भएर जाने वा कम मात्रामा मृत्यु गराउँछ भने मानिसमा सरेमा यो रोगले भयानक रूप लिई महामारी हुने गर्दछ । श्वासप्रश्वास प्रक्रियाद्वारा फैलिने यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुकका साना ठूला छिटा वा कणसँगै यो रोगका भाइरस पनि निस्कन्छन् र अरू व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वास प्रश्वास प्रणालीमार्फत शरीरमा प्रवेश गर्छन् । यति मात्र होइन कि यस्तो रोगबाट सङ्क्रमित व्यक्ति तथा अन्य वस्तुलाई हातले छोएपछि साबुन पानीले नधोई हातले आँखा, नाक, मुख छुँदा पनि त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्दछ । त्यस्तै, हात मिलाउँदा, अङ्कमाल गर्दा, सँगै बसउठ गर्दा, सँगै सुत्दा, जुठो खाँदा, एउटै रुमाल वा लत्ताकपडा प्रयोग गर्दा पनि सर्न सक्छ ।

कोभिड–१९ का लक्षण

सुरुमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्छन् । जस्तैः टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने र बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, आँसु आउने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, वान्ता आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न कठिन हुने, निमोनियाका लक्षण देखापर्ने आदि ।
कोभिड–१९ रोगका भाइरसले सङ्क्रमण गराएको १ देखि ७ दिनभित्र लक्षणहरु देखिन थाल्छन् र लक्षण देखिएको २४ घण्टा पहिल्यैदेखि लिएर ८ दिनपछिसम्म पनि सङ्क्रमित व्यक्तिले अरूलाई रोग सार्ने काम गरिरहेको हुन्छ । त्यसकारण यो रोगको सर्ने दर अन्य रोगको भन्दा निकै बढी छ । कोभिड १९ भएमा केकस्ता लक्षण देखापर्दछन् भन्ने जिज्ञासाको सन्दर्भमा कुरा गर्दा यो रोग लाग्दा सुरुमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्छन् ।

जस्तैः टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने र बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, आँसु आउने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, वान्ता आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न कठिन हुने, निमोनियाका लक्षण देखापर्ने आदि ।

बढी प्रभावित हुनसक्ने व्यक्ति

यस रोगमा रुघाखोकी लाग्दा जस्तै लक्षणहरु देखिए पनि यो रोगका भाइरसले शरीरको रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउने र सामान्य लक्षणहरु जटिल बन्दै जाने अवस्थाको सिर्जना गराउँछन् । मुख्यतः अलि कडा खालको समस्या निम्तिन सक्ने वा सबैभन्दा बढी प्रभावित हुने व्यक्ति ५ वर्षमुनिका बच्चा, ६५ वर्षभन्दा माथिका व्यक्ति, गर्भवती, मधुमेहका रोगी, श्वास प्रश्वाससम्बन्धी रोग भएका व्यक्ति, मुटु, कलेजो, मिर्गौला कमजोर भएका व्यक्ति आदिमा कहिलेकाहीँ यो रोग जटिलतातर्फ गई व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

त्यसकारण यो रोगबाट अन्य व्यक्तिहरु खासै डराउनुपर्ने अवस्था नभए पनि यो रोगको गाम्भीर्यतालाई मनन गरी यसबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरुबारे सबैले कुरा बुझ्नु अति आवश्यक छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि निकै विचार पु¥याउनुपर्छ । त्यसमाथि अझै यो रोगको कुनै पनि औषधि र प्रभावकारी खोप नभएकाले रोकथाममै बढी ध्यान दिनु जरुरी छ ।

रोकथाम र नियन्त्रणका उपाय

यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । साबुनपानीले नियमित रूपमा हात धुने गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्नुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ ।

रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने । जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने । अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खानुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कुल, कलेज बन्द गर्ने । एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ ।

उपचार विधि

यो रोगबाट त्यति बढी आतिइहाल्नुपर्ने अवस्था चाहिँ छैन । किनकि रोग लागेपछि हाम्रो शरीरले रोगविरुद्ध लड्ने क्षमता विकास गर्दै जान्छ, भाइरसलाई परास्त गर्दछ र रोग आफैं निको भएर जान्छ । तैपनि बिरामीको अवस्था हेरेर कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ । अन्यथा यो रोग लाग्दैमा तर्सिनु पर्दैन ।

बरु लक्षणअनुरूपको औषधि खाने जस्तैः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने । यसैगरी यो रोग पत्ता लगाउन रगत तथा घाँटीको श्रावको परीक्षणसमेत गर्नुपर्छ र त्यो जाँचको सुविधा पनि टेकु अस्पताल काठमाडौँमा मात्र भएकाले अन्यत्र यसको पक्का परीक्षणसमेत हुँदैन । यस्तो अवस्थामा रोगले च्याँप्दै लगेमा व्यक्तिको अकस्मात मृत्यु पनि हुनसक्ने भएकाले सरकारी संयन्त्रले नै यो रोगको जटिलताको बारेमा बढी सजग हुन जरुरी छ ।

घरायसी उपचार र व्यवस्थापनअन्तर्गत बिरामीलाई अलग्गै कोठामा राखी उचित रेखदेख गर्ने । पटकैपिच्छे साबुनपानीले हात धुने, एक अर्कोको दूरी कम्तीमा १ मिटर कायम राख्ने, घरमै आराम गरेर बस्ने, सकभर अनावश्यक यात्रा नगर्ने, सकभर सार्वजनिक बस सेवा नचढ्ने, विभिन्न खालका मिटिङ, गोष्ठी नगर्ने । बिरामीलाई घरमै आराम गराई राख्ने, प्रशस्त झोलिलो खानेकुरा खुवाउने, पौष्टिक खानेकुरा खुवाउने, मनतातो नुनपानीले मुख कुल्ला गर्ने, स्तनपान गर्ने बच्चा हो भने थप स्तनपान गराउने, ज्वरो आएमा सामान्य सिटामोल औषधि खाने, बिरामी तथा उसलाई रेखदेख गर्नेले समेत मास्क लगाउने आदि । श्रोत : विभिन्न अनलाइहरु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर