Aamsanchar

बुद्धशान्तिमा १० बटा गाडी, शव बहान र एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्ने निर्णय

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरसँगै स्वास्थ्य जटिलता पैदा हुनसक्ने भन्दै अध्यक्ष रमेशकुमार भुजेलले प्रयोग गर्ने गरेको स्कोर्पियो (प्र१–०१–००१झ २२२) र उपाध्यक्ष मिरा भूर्तेलले प्रयोग गर्दै गरेको स्कोर्पियो ( मे १ झ १४४) सहित ती गाडी तयारी अवस्थामा राखिएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । गाउँपालिकाले आज नै अध्यक्ष र उपाध्यक्ष दुवैको हस्ताक्षर रहेको एक सूचना जारी गर्दै आम नागरिकलाई सो कुरा जानकारी गराएको छ । १० वटा सवारी साधनमा अध्यक्ष उपाध्यक्ष चड्ने सवारी सहित ६ वटा एम्बुलेन्स, एउटा वेगनआर र अर्को टाटा एसिइ एचटी तयारी अवस्थामा राखिएको बताइएको छ ।

जस्मा मे १ च १९९६ नम्बरको टाटा एसिइ एचटीलाई शव बहानका रुपमा प्रयोग गरिने जनाइएको छ । अध्यक्ष उपाध्यक्षको सवारी साधन अन्य गाडीहरु पर्याप्त नभएको खण्डमा सञ्चालन गरिने बताइएको छ । गाउँपालिकाले महिला सामुदायिक अस्पताल भवनमा २५ सैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर