Aamsanchar

महिला सामुदायिक अस्पताल बुधबारेलाई निशुल्क एम्बुलेन्स प्राप्त

Author Image
शनिवार, जेठ १, २०७८

बुद्धशान्ति । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नोबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाको बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका डा. सुनिल शर्माले आर्थिक रुपमा बिपन्न जनतालाई सहयोग पुगोस् भनेर नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई निशुल्क एम्बुलेन्स प्रदान गरेका थिए । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ ले सो कुरालाई मद्यनजर गर्दै समुदायबाट संचालित महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको सभापति मैनालीले बताए ।

अस्पतालकी अध्यक्ष बिष्णु मैनालीले एम्बुलेन्स आफूहरूलाई प्रदान गरेकोमा डा.शर्मा र नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई धन्यवाद दिएकि छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर